National life
cg eloctronics

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, म्याद थप्ने तयारी

बजेट निकासादेखि प्राविधिक समस्यासम्म, गौतमबुद्ध रंगशाला निर्माण अन्योलमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.5kShares
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, म्याद थप्ने तयारी
muktinatha bikash bank

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम निर्धारित समयभित्र सम्पन्न नहुने देखिएको छ। आगामी पुस २७ गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ६५ प्रतिशत मात्रै काम सकिएको छ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको हो। भुक्तानीमा समस्या आएपछि निर्माण कम्पनीले केही समय काम रोकेको र त्यसले निर्धारित समयसीमामा असर पारेको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

रंगशाला निर्माणका लागि कुल लागतको ७० प्रतिशत रकम बागमती प्रदेश सरकारले र बाँकी ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको छ। बजेट निकासामा भएको ढिलाइसँगै निर्माण कम्पनीको कार्यगत सुस्तताले पनि आयोजनाको प्रगतिमा असर पारेको महानगरको भनाइ छ।

रंगशालाको निर्माणमा अहिले सबैभन्दा बढी काम क्रिकेट मैदानतर्फ बाँकी छ। मैदानमा चार तह माटो भर्ने र त्यसमा आवश्यक पाइप जडान गर्ने काम पूरा हुन सकेको छैन। त्यसपछि नरम माटो राखेर ‘बरुणा’ नामको घाँस रोप्ने योजना छ।

everest bank

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार दुईवटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चारवटा प्यारापिटमध्ये दुईवटाको निर्माण सकिएको छ। तेस्रो प्यारापिटको काम ९० प्रतिशत र चौथोको ७० प्रतिशत पूरा भएको छ। विद्युत् जडानको काम भने बाँकी छ।

निर्माणस्थलमा अहिले दैनिक करिब ८० जना कामदार खटिरहेका छन्। दसैँको समयमा समेत काम निरन्तर गरिएको आचार्यले जानकारी दिए। निर्माण कम्पनीले नियमित रूपमा काम गरे बाँकी काम पूरा गर्न धेरै समय नलाग्ने उनको भनाइ छ।

रंगशाला निर्माणको पहिलो भेरिएसन अर्डर (भिओ) गत असोज २८ गते स्वीकृत भएको थियो। सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको आयोजनाको लागत संशोधनपछि बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माणलाई निरन्तरता दिन नसकेपछि आयोजनाको दायित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो। त्यसपछि महानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण अघि बढाइएको हो।

महानगरपालिकाले विसं २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बिबीआर जेभीसँग सम्झौता गरेर निर्माण कार्य सुरु गरेको थियो।

चितवनमा राष्ट्रियस्तरको क्रिकेट टोली चितवन राइनोज रहेको र नेपाल प्रिमियर लिग (एनपीएल) प्रति आकर्षण बढ्दै गएको अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई छिटो सञ्चालनमा ल्याउनुपर्ने दबाब बढेको छ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आएको बताए। भुक्तानीमा केही ढिलाइ भए पनि महानगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण गरिरहेको उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?