काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त गरेको छ।
सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनी सचिव विकास बस्नेतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सोही मितिदेखि लागू हुने गरी अमात्यलाई उक्त जिम्मेवारी दिइएको हो। अब उनले कम्पनीको दैनिक व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।


































