National life

हिमालयन लाइफका पूर्वसीईओ कर्णलाई धरौटीमा छाड्न आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|०९ भदौ २०८३, मङ्गलबार
1.3kShares
हिमालयन लाइफका पूर्वसीईओ कर्णलाई धरौटीमा छाड्न आदेश
ncell

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी अभियोगमा मुद्दा खेपिरहेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतले तोकेको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएमा तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। तोकिएको धरौटी वा बैंक जमानत दाखिला गर्न नसकेमा भने कारागार कार्यालय पठाउन आदेश दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा स्रोत लुकाएको अभियोग लगाइएको छ।

आरोपपत्रअनुसार हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका बेला कर्णले आफ्नो पदको दुरुपयोग गरी अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा नेपाल पुनर्बीमा कम्पनीको सेयरमा कर्नरिङ, मूल्यमा कृत्रिम उतारचढाव तथा बीमा कोषको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ।

यद्यपि, अदालतमा बयान दिने क्रममा कर्णले आफूले बीमा प्राधिकरणको स्वीकृति लिएर कम्पनीको मुनाफाका लागि सेयरमा लगानी गरेको दाबी गरेका छन्। सेयरको कृत्रिम मूल्य सिर्जना तथा बीमा कोषको रकम दुरुपयोगमा आफ्नो कुनै संलग्नता नरहेको उनको जिकिर छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?