काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरले पदबाट राजीनामा दिएका छन्।
कम्पनीले केही दिनअघि मात्रै सञ्चालक समितिको निर्णयमार्फत उनलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। तर जिम्मेवारी सम्हालेको एक साता पनि नपुग्दै उनले पद त्याग गरेका हुन्।
कम्पनीका अनुसार उनले असार ८ गते राजीनामा बुझाएका छन्।
यसअनुसार उनी नियुक्त भएको करिब ६ दिनमै जिम्मेवारीबाट अलग भएका छन्।
कपूरले सीईओ पदसँगै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि छोडेको कम्पनीले जनाएको छ।


































