National life
cg eloctronics

बाढीपछिको पुनर्निर्माणमा सहयोग पुर्‍याउन २४ हजार करोडको सहायता प्याकेज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
997Shares
बाढीपछिको पुनर्निर्माणमा सहयोग पुर्‍याउन २४ हजार करोडको सहायता प्याकेज
muktinatha bikash bank

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय भारत भ्रमणमा स्वागत गर्दै सोमबार नेपालको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा सहयोग पु¥याउन २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् ।

हैदरावाद हाउसमा सम्पन्न वार्तापछि प्रधानमन्त्री शाहसँगै संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले गत अगस्टमा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे र कठिन समयमा काठमाडौंसँगै उभिने नयाँ दिल्लीको प्रतिबद्धता दोहो¥याए ।

“गत अगस्टमा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं । आज, नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ शक्ति प्रदान गर्न हामी २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता प्याकेज घोषणा गर्दछौं,“ प्रधानमन्त्री मोदीले भने । वित्तीय प्याकेजको उद्देश्यबारे प्रकाश पार्दै उनले थपे, “प्रभावित परिवारहरूको जनजीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसरहरू सिर्जना होउन् र भविष्यमा आउन सक्ने विपद्हरूसँग जुध्ने नेपालको क्षमता थप सुदृढ होस् भन्ने हाम्रो संकल्प रहनेछ ।“

3 ad - 1
3 ad - 2
3 ad - 3

केही महिनाअघि विश्वकै कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गरेका नेपाली प्रधानमन्त्री शाहलाई न्यानो स्वागत गर्दै प्रधानमन्त्री मोदीले शाहको नेतृत्व र यसै वर्षको सुरुमा नेपाली मतदाताले उनलाई दिएको जनादेशको प्रशंसा गरे ।

“नेपालको प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहजीलाई उहाँको पहिलो द्विपक्षीय भ्रमणमा भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । केही महिनाअघि उहाँले विश्वकै कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा हामीले उहाँको दूरदृष्टिको स्पष्ट झलक देखेका थियौं । आज विगत केही घण्टाको हाम्रो छलफलका क्रममा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,“ प्रधानमन्त्री मोदीले भने ।

everest bank

“यस वर्ष नेपालका जनताले उहाँलाई दिएको ऐतिहासिक जनादेशले नेपालको नयाँ पुस्ताको आकांक्षा र आशाहरूलाई प्रतिबिम्बित गर्दछ,“ उनले थपे । दुई छिमेकीबीचको गहिरो सम्बन्धमाथि जोड दिँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्ध “घनिष्ठ आत्मीयता र अटुट विश्वास“ मा अडेको बताए ।

“एक सबल र समृद्ध नेपालको विकास यात्रामा भारत सधैं साझेदार रहिआएको छ । यही भावनाका साथ आज हामीले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन धेरै महत्वपूर्ण निर्णयहरू लिएका छौं,“ प्रधानमन्त्री मोदीले भने । “साथीहरू, भारत र नेपालबीचको सम्बन्ध केवल छिमेकको मात्र होइन, बरु घनिष्ठ आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रा खुसीहरू साझा छन्, र चुनौतीहरू पनि । हामी एकअर्काको प्रगतिमा साझेदार हौं, र कठिन समयमा एकअर्काको सहारा पनि हौं ।’

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ दिल्लीको राजकीय भ्रमणका क्रममा भारत र नेपालले अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषि लगायतका क्षेत्रमा आठवटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेकै सन्दर्भमा मोदीको यो भनाइ आएको हो ।

अन्तरिक्ष तथा सञ्चार क्षेत्रमा, दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्ने सम्बन्धमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रशासन र विधि विज्ञानमा सहकार्य सुदृढ गर्न दुईवटा सम्झौतामा हस्ताक्षर गरिएको छ । एउटा गुजरातको गान्धीनगरस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि, र अर्को भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच सम्पन्न भएको छ ।

संस्थागत सुशासनलाई बलियो बनाउन, भारतको प्रशासनिक सुधार तथा जनगुनासो विभाग अन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) र नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य क्षेत्रमा दुई पक्षले दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीचको समझदारी पत्र, र आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यका लागि सरकार–सरकार (जीटूजी) स्तरको सम्झौता ।

६ वटा प्रमुख सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यास

दुई सरकारले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य तथा पशुपन्छी र मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रहरूमा पनि हस्ताक्षर गरेका छन् । यसैगरी, शाहको नयाँ दिल्लीको राजकीय भ्रमणका क्रममा दुई नेताहरूले संयुक्त रूपमा छवटा प्रमुख सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका छन् ।

सांस्कृतिक तथा रेल सम्पर्कलाई उजागर गर्दै दुई नेताहरूले भारतको अयोध्या र नेपालको जनकपुरलाई जोड्ने ’सरयू–कमला एक्सप्रेस’ रेल सेवाको शुभारम्भ गरे । सीमा क्षेत्रको सडक तथा व्यापारिक पूर्वाधारलाई प्रवद्र्धन गर्दै उनीहरूले भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरे।

उनीहरूले बनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गर्नुका साथै भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगति विवरणको समीक्षा समेत गरे ।

६६९ मेगावाट क्षमताको तल्लो अरुण र झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास

ऊर्जा तथा जलविद्युत क्षेत्रमा, दुई प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरे । द्विपक्षीय पेट्रोलियम सहकार्यलाई थप सुदृढ बनाउँदै उनीहरूले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन (एमएपीएल) को दोस्रो चरणको उद्घाटन गरे र प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको एक हिस्साका रूपमा झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास गरे ।

हैदरावाद हाउसमा दुई नेताबीच भएको द्विपक्षीय वार्ता र भारत तथा नेपालबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य सेवा, सहरी विकास र कृषि लगायतका क्षेत्रमा आठवटा समझदारी पत्र आदानप्रदान भएपछि भर्चुअल माध्यमबाट यी परियोजनाहरूको उद्घाटन र शिलान्यास गरिएको हो । एएनआई

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?