National life
cg eloctronics

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

बालेनको निमन्त्रणा : मोदी नेपाल आउनुहोस्, भारतीय नागरिक पनि नेपालका धार्मिक स्थल घुम्नुहोस्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1KShares
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
muktinatha bikash bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन् । 

प्रधानमन्त्री शाहले नेपालका सम्पूर्ण जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिँदै भारतीय नागरिकलाई पनि नेपालको धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूको भ्रमण गर्न आग्रह गरे । 

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले भने, ‘यस महत्वपूर्ण अवसरमा नेपालका सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु। साथै, मित्रराष्ट्र भारतका जनतालाई पनि नेपालको भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु। हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर मैदानमा रहेको माता जानकीको पवित्र भूमि, जीवित देवी कुमारी र शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हुन्।’

यसैबीच, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उत्तर प्रदेशको अयोध्या क्यान्टदेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को शुभारम्भ गरेका छन्।

everest bank

शाहले सोमबार भगवान् राम र माता जानकीको पवित्र युगदेखि कायम रहेको नेपाल र भारतबीचको शताब्दीयौं पुरानो सभ्यतागत सम्बन्धको चर्चा गर्दै नवनिर्मित रेल सम्पर्क सेवाको उद्घाटनलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि भएको बताए । एएनआई

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?