काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’ उद्घाटन गरेका हुन् ।
भारतले ६०४ किलोमिटर लामो यस रेल सेवालाई ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको छ ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेल सञ्जालमार्फत जोड्ने यो सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
लामो समयदेखि दुई धार्मिक स्थलबीच प्रत्यक्ष यातायात सेवाको प्रतीक्षामा रहेका तीर्थयात्रीलाई रेल सेवा सञ्चालनले सहज हुने विश्वास गरिएको छ ।


































