National life

जनकपुरमा गुठी जग्गा अतिक्रमण हटाउने अभियान सुरु, भोलिदेखि डोजर चल्ने

५० पोखरीसहित गुठी जग्गा खाली गराउँदै जनकपुर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|०५ भदौ २०८३, शुक्रबार
1.5kShares
जनकपुरमा गुठी जग्गा अतिक्रमण हटाउने अभियान सुरु, भोलिदेखि डोजर चल्ने
ncell

जनकपुरधाम । लामो समयदेखि अतिक्रमणमा परेको जनकपुरका गुठी जग्गा खाली गराउने अभियानले अब गति लिने भएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्ययोजनाअनुसार भोलिदेखि अतिक्रमित क्षेत्रमा डोजर परिचालन गरिने भएको हो। पहिलो चरणमा पोखरीका डिलमा भएको अतिक्रमण हटाइनेछ।

गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त बनाइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार अतिक्रमित क्षेत्र खाली गर्न गत साउन १ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो। अभियान सुरु गर्नुअघि सम्बन्धित क्षेत्रमा जानकारी गराउने उद्देश्यले आज माइकिङसमेत भइरहेको छ।

कार्ययोजनाअनुसार अतिक्रमण हटाउने कामलाई विभिन्न चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने तयारी गरिएको पोखरेलले जानकारी दिए।

अतिक्रमित जग्गा पहिचान तथा खाली गराउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको छ।

अभियानको पहिलो कारबाहीका रूपमा जनकपुरको गोरधोइ पोखरीको डिलमा भएको अतिक्रमण हटाउन भोलिदेखि डोजर चलाइने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?