National life

उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
1.4kShares
उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान सुरु
ncell

काठमाडौँ । काठमाडौंको शंखमूल क्षेत्रमा अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउन डोजर चलाइएको छ। सरकारले उपत्यकाभित्रका बागमती नदी र यसका सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने दोस्रो चरणको अभियान अघि बढाएको हो।

यसै क्रममा आज बल्खु, माछापोखरी लगायतका क्षेत्रमा पनि डोजर परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रभावित बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सूचनापछि केही बासिन्दाले आफैँ सामान सारेर स्थान खाली गरेका थिए।

दोस्रो चरणको अभियानअन्तर्गत टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरी क्षेत्रका अतिक्रमित बस्ती हटाउने तयारी गरिएको छ।

यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रमा रहेका बस्तीहरू हटाइसकिएको प्रशासनले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?