National life
cg eloctronics

जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.7kShares
जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त
muktinatha bikash bank

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार हुआङलाई कम्पनीको सञ्चालक समितिमा समेत पुनः समावेश गरिएको छ। उनको नियुक्ति तत्कालै लागू हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

एनभिडियाको सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि सर्वसम्मत रूपमा उनलाई पुनः नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार छलफलका क्रममा हुआङले आफ्ना धारणा स्पष्टता र इमानदारीपूर्वक प्रस्तुत गरेका थिए। त्यसपछि सञ्चालक समिति उनलाई पुनः कम्पनीको नेतृत्व सुम्पने निष्कर्षमा पुगेको थियो।

यो निर्णय प्रक्रियामा सञ्चालक समितिले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग पनि परामर्श गरेको थियो। उनीहरूको सुझावका आधारमा हुआङलाई पुनः नेतृत्वमा ल्याउँदा राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ।

everest bank

एनभिडियाका सञ्चालक समितिका अध्यक्ष हार्वे सी. जोन्सले भने, “हाम्रो विचारमा एनभिडियाको नेतृत्वका लागि जेन्सन नै उपयुक्त व्यक्ति हुन्। उनको पुनर्बहाली कम्पनीका सेयरधनी, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा छ।”

उनले हुआङप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै कम्पनीको नेतृत्व पुनः सम्हाल्न लागेकोमा उनीसँग सहकार्य गर्न आफूहरू उत्साहित रहेको बताए।

जोन्सले अन्तरिम प्रमुख कार्यकारी अधिकृतका रूपमा उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारीसमेत सम्हालेकी कोलेट क्रेसप्रति आभार व्यक्त गरे।

हार्वे जोन्स भने कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमै कायम रहनेछन्।

यसअघि लगातार दुईवटा प्रेमसम्बन्धबारे समाचार सार्वजनिक भएपछि जेन्सन हुआङले नोभेम्बर १२ मा पदबाट राजीनामा दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?