National life
cg eloctronics

जीवाश्म इन्धन र आर्थिक सहयोगमा सहमति जुटेन, जलवायु सम्मेलन निराशाजनक रूपमा अन्त्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.2kShares
जीवाश्म इन्धन र आर्थिक सहयोगमा सहमति जुटेन, जलवायु सम्मेलन निराशाजनक रूपमा अन्त्य
muktinatha bikash bank

टर्की । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषय र जलवायु परिवर्तनसँग जुध्न आवश्यक आर्थिक सहयोगमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३१ बिना महत्त्वपूर्ण सम्झौता टुङ्गिएको छ।

टर्कीमा आयोजित सम्मेलनमा जीवाश्म इन्धन र जलवायु वित्तका विषयमा विकसित तथा विकासशील देशबीच गहिरो मतभेद देखिएको थियो। शुक्रबार नै सम्पन्न हुने तय भएको सम्मेलन साझा सहमति खोज्ने प्रयासका कारण आइतबार अबेरसम्म लम्बिएको थियो। यो संयुक्त राष्ट्रसङ्घको जलवायु वार्ताको इतिहासमै सबैभन्दा लामो सम्मेलन बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अन्तिम सम्झौतामा जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएपछि युरोपेली सङ्घ (ईयू), प्रशान्त क्षेत्रका टापु राष्ट्र तथा अन्य देशले असन्तुष्टि जनाएका छन्। कोइला, तेल र ग्यास विश्वव्यापी तापक्रम वृद्धिका प्रमुख कारण मानिन्छन्।

ईयूका प्रतिनिधि तथा आयरल्यान्डका मन्त्री डराघ ओ'ब्रायनले सम्झौताले जलवायु परिवर्तनसँग जुध्न आवश्यक महत्त्वाकाङ्क्षा पूरा गर्न नसकेको बताए। जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायु सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो।

everest bank

पानामा र मार्शल आइल्यान्ड्सलगायत देशले पनि सम्झौताले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका छन्। सम्मेलनको प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धन शब्द छ पटक उल्लेख गरिए पनि तेल उत्पादक राष्ट्रहरूको असहमतिका कारण अन्तिम दस्तावेजबाट हटाइएको थियो।

साउदी अरेबियाका प्रतिनिधि मोहम्मद अयूबले अरब राष्ट्रहरू वार्तामा सकारात्मक रूपमा सहभागी भइरहने बताए। उनले ऐतिहासिक हरितगृह ग्यास उत्सर्जनमा आफ्नो क्षेत्रको योगदान तुलनात्मक रूपमा कम रहेको दाबी गरे।

त्यस्तै, रुसले कोइला, तेल र ग्यासको विषयलाई नारामा सीमित नगर्न चेतावनी दिँदै जीवाश्म इन्धनबाट तीव्र रूपमा टाढिँदा ऊर्जा गरिबी बढ्न सक्ने तर्क गरेको थियो।

सम्मेलनमा अर्को प्रमुख विवाद जलवायु परिवर्तनको असरबाट प्रभावित गरिब तथा विकासशील देशलाई उपलब्ध गराउने आर्थिक सहयोगमा देखिएको थियो। बढ्दो तापक्रम, चर्को गर्मी र गम्भीर खडेरीसँग अनुकूलन गर्न आवश्यक वित्तीय सहायता सुनिश्चित गर्ने विषयमा ठोस सहमति हुन सकेन।

यसअघि ब्राजिलमा आयोजित कोप–३० मा जलवायु अनुकूलनका लागि वित्तीय सहयोग तीन गुणा बढाउने सहमति भएको थियो। तर कोप–३१ को अन्तिम सम्झौतामा त्यससम्बन्धी कुनै स्पष्ट आर्थिक लक्ष्य वा प्रतिबद्धता समेटिएन। यसले धनी राष्ट्रहरूलाई आफ्नो वित्तीय दायित्वबाट पछि हट्ने ठाउँ मिल्न सक्ने भन्दै गरिब देशहरूले चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सम्मेलनको निष्कर्षप्रति गहिरो निराशा व्यक्त गरेका छन्। आफ्नो अन्तिम कोप सम्मेलनमा सहभागी भएका उनले शक्तिशाली जीवाश्म इन्धन उद्योगको स्वार्थले जलवायु नीतिलाई प्रभावित पारेको टिप्पणी गरे।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने सम्मेलनको असफलतालाई वर्तमान कठिन भूराजनीतिक परिस्थितिको परिणामका रूपमा व्याख्या गरेका छन्।

यसअघि सन् २००९ मा डेनमार्कको कोपनहेगनमा आयोजित कोप सम्मेलनमा पनि महत्त्वपूर्ण राजनीतिक सम्झौता हुन सकेको थिएन।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?