National life
cg eloctronics

लघु जीवन बीमाको तीनमहिने रिपोर्ट सार्वजनिक, कुन कम्पनीको व्यापार कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.3kShares
लघु जीवन बीमाको तीनमहिने रिपोर्ट सार्वजनिक, कुन कम्पनीको व्यापार कति ?
muktinatha bikash bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा तीनवटा लघु जीवन बीमा कम्पनीले ३४ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्ममा तीन लघु जीवन बीमकले कुल ३४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। यस अवधिमा कम्पनीहरूले कुल १ लाख ९६ हजार ३२१ वटा बीमालेख जारी गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ। कम्पनीले १ लाख ३५ हजार ९७० वटा बीमालेख जारी गर्दै १२ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै, लिबर्टी माइक्रो लाइफले ३६ हजार ४९ वटा बीमालेख जारी गरी ११ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी, क्रेस्ट माइक्रो लाइफले २४ हजार ३०२ वटा बीमालेख जारी गर्दै ९ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?