National life
cg eloctronics

महालक्ष्मी विकास बैंकका कार्ड प्रयोगकर्तालाई दराजको ११.११ अभियानमा २०% सम्म छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
1.6kShares
महालक्ष्मी विकास बैंकका कार्ड प्रयोगकर्तालाई दराजको ११.११ अभियानमा २०% सम्म छुट
muktinatha bikash bank

काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने विषयमा सहकार्य भएको छ।

सहकार्यअनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालबाट सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकका अनुसार डेबिट कार्डमार्फत भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउनेछन्।

छुटको सुविधा लिन ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ। अभियानमा सहभागी हुने ग्राहकलाई ‘पहिले आउनेलाई पहिलो प्राथमिकता’का आधारमा छुट उपलब्ध गराइनेछ।

everest bank

बैंकले दराजसँगको सहकार्यले डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकको भुक्तानी प्रक्रियालाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?