National life
cg eloctronics

मनकामना केबलकार २९औँ वर्षमा, २ करोड १२ लाख यात्रुलाई सेवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.2kShares
मनकामना केबलकार २९औँ वर्षमा, २ करोड १२ लाख यात्रुलाई सेवा
muktinatha bikash bank

काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकार सञ्चालनको २९औँ वर्षमा प्रवेश गर्ने भएको छ। चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गर्न लागेको हो।

कम्पनीका अनुसार सञ्चालनमा आएको हालसम्म मनकामना केबलकारमार्फत २ करोड १२ लाखभन्दा बढी यात्रुले सेवा लिइसकेका छन्। नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी उद्यमका रूपमा स्थापित यस केबलकारको स्थापना समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पनामा भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

२९औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले केबलकारप्रति विश्वास र साथ दिँदै आएका सम्पूर्ण ग्राहक, कर्मचारी तथा पर्यटन र आतिथ्य क्षेत्रका साझेदारप्रति आभार व्यक्त गरेको छ। साथै, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकलाई सहयोगका लागि धन्यवाद दिएको छ।

everest bank

आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?