National life
cg eloctronics

आईजीपीबाट दानबहादुर कार्की हटे, मनोज केसीलाई प्रहरीको कमान्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
1.8kShares
आईजीपीबाट दानबहादुर कार्की हटे, मनोज केसीलाई प्रहरीको कमान्ड
muktinatha bikash bank

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

मन्त्रिपरिषद् स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ।

यसअघि पनि सरकारले प्रहरी महानिरीक्षक परिवर्तन गर्दा निवर्तमान आईजीपीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने अभ्यास गरेको थियो।

अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरिएपछि उनी सर्वोच्च अदालत पुगेका थिए। दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै उनले चुनौती दिएका थिए। अदालतबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी बनेका थिए। त्यसअघि सरकारले ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो। पछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो।

everest bank

त्यस्तै, रमेशचन्द ठकुरीलाई पनि सुडान घोटाला प्रकरणमा मुछिएपछि सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरिएको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?