काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार प्रदान गरेका हुन् ।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको चन्दन, रुद्राक्ष र शालिग्राम समावेश गरिएको उपहार सेट दिएका थिए ।



































