National life

मुक्तिनाथ विकास बैंकको ग्राहक कर्जा १ खर्ब नाघ्यो, नाफा १५१ करोड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
8.1kShares
मुक्तिनाथ विकास बैंकको ग्राहक कर्जा १ खर्ब नाघ्यो, नाफा १५१ करोड
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहक कर्जा पोर्टफोलियोलाई १ खर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकको ग्राहकलाई प्रवाहित कर्जा रु. १०० अर्ब ५० करोड ८८ लाख पुगेको छ।


यससँगै मुक्तिनाथ विकास बैंक १ खर्ब रुपैयाँभन्दा बढी ग्राहक कर्जा प्रवाह गर्ने विकास बैंकको रूपमा थप मजबुत वित्तीय आकारमा उभिएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको ग्राहक कर्जा रु. ९७ अर्ब २२ करोड रहेको थियो।

बैंकले चुनौतीपूर्ण आर्थिक वातावरण, कर्जाको मागमा देखिएको सुस्तता र बढ्दो प्रतिस्पर्धाका बीच पनि कर्जा विस्तारलाई निरन्तरता दिएको हो। बैंकको कुल सम्पत्ति पनि समीक्षा अवधिमा रु. १ खर्ब ४१ अर्ब ६ करोड पुगेको छ।

नाफामा १२.४४ प्रतिशत वृद्धि

वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु. १ अर्ब ५१ करोड ८३ लाख खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. १ अर्ब ३५ करोड ३६ लाखको तुलनामा १२.४४ प्रतिशत बढी हो।

त्यस्तै, बैंकको कुल निक्षेप रु. १ खर्ब २३ अर्ब ५४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.२० प्रतिशतको वृद्धि हो। बैंकको चुक्ता पुँजी रु. ८ अर्ब तथा कुल शेयरधनीकोष रु. १२ अर्ब ९५ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ।


यो समाचार शेयर गर्नुहोस्
8.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?