National life

नबिलका दुई फन्डले दिँदैछन् नगद प्रतिफल, आजसम्म इकाइ किने पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
320Shares
नबिलका दुई फन्डले दिँदैछन् नगद प्रतिफल, आजसम्म इकाइ किने पाउने
ncell

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाको घोषित नगद प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीले घोषित प्रतिफल प्राप्त गर्न आजसम्म इकाइधनी कायम भइसक्नुपर्नेछ ।

दुवै योजनाले प्रतिफल वितरणका लागि असोज ७ गते बुक क्लोज गर्ने भएका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम हुने इकाइधनी मात्रै घोषित नगद प्रतिफलका लागि योग्य हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नबिल ब्यालेन्स्ड फन्ड–२ ले करसहित ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–३ ले करसहित २.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

बुक क्लोजपछि कायम हुने इकाइधनीले भने यसपटकको घोषित प्रतिफल प्राप्त गर्न पाउने छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
320SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?