National life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल लाइफले दियो १ करोड ५१ लाख

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1KShares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल लाइफले दियो १ करोड ५१ लाख
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेनस कं. लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गरेको छ ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफ हार्दिक समवेदना प्रकट गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?