National life
cg eloctronics

नेपाल–भारत सहकार्यका पाँच परियोजनामा नयाँ कदम, चारको शिलान्यास र एउटाको उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.2kShares
नेपाल–भारत सहकार्यका पाँच परियोजनामा नयाँ कदम, चारको शिलान्यास र एउटाको उद्घाटन
muktinatha bikash bank

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीमा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको शिलान्यास गरेका छन् । त्यस्तै, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ । यो परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आउन थालेको छ ।

झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइनको पनि शिलान्यास गरिएको छ । साथै, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन शिलान्यास गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?