National life
cg eloctronics

नेपाल एसबिआई बैंकले झापाको वृद्धाश्रमलाई दियो सहयोग, इटहरी–इलाम शाखा पनि स्थानान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ असोज २०८३, बुधबार
4.7kShares
नेपाल एसबिआई बैंकले झापाको वृद्धाश्रमलाई दियो सहयोग, इटहरी–इलाम शाखा पनि स्थानान्तरण
muktinatha bikash bank

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोईराला, कोशी प्रदेश प्रमुख, दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, नेपाल एसबिआई बैंक लि.ले इटहरी उपमहानगरपालिका –१, धरान रोड, सुनसरीमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नं–०९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ ।

त्यसैगरी, बैंकले इलाम नगरपालिका –१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको वडा नं–०७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् ।

everest bank

उक्त शाखा कार्यालयहरुको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले गरेका थिए । यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
4.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?