नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.०२ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ र कुल बीमा शुल्क ५४ अर्ब ३ करोड ४२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने कम्पनीको कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ, पिई रेसियो १ सय ५२.७, औसत प्रतिफल दर ८.३५ प्रतिशत रहेको छ ।


































