काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकमको चेक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार सहयोग रकम बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
नेपाल लाइफले विपद्का कारण प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ। साथै, प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।


































