National life

सेयरधनीलाई नेपाल ल्युब आयलको ठूलो उपहार,बोनसपछि १ः२ हकप्रद ल्याउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|२९ भदौ २०८३, सोमबार
1.8kShares
सेयरधनीलाई नेपाल ल्युब आयलको ठूलो उपहार,बोनसपछि १ः२ हकप्रद ल्याउने
ncell

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६.०२५४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशबाट सेयरधनीले कुल २०.०२५४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आफ्नो वार्षिक साधारण सभा आगामी असोज १९ गते सोमबार आयोजना गर्ने भएको छ। सभा बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने जनाइएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै, कम्पनीका सहायक कम्पनीहरूको वित्तीय विवरणसमेत सभामा छलफल तथा स्वीकृतिका लागि पेस गरिनेछ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीका आधारमा १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ।

प्रस्तावअनुसार बोनस सेयर तथा हकप्रद सेयरबाट प्राप्त पुँजी कम्पनीको व्यवसाय विस्तार तथा आवश्यक पूँजीगत व्यवस्थापनमा उपयोग गरिनेछ। हकप्रद सेयर निष्कासनका लागि आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डलगायतपत्र तथा नियमावली संशोधनलगायतका प्रस्ताव पनि साधारण सभामा पेस सम्बन्धित निकायबाट स्वीकृति लिइनेछ।

कम्पनीले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?