National life

नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1KShares
नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल पक्राउ
ncell

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ। बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा उनी फरार सूचीमा रहेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनलाई काठमाडौं महानगरपालिका–७, सिफल क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबाट दर्ता गरिएको उजुरीका आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउपछि रिमाललाई जिल्ला अदालत, बबरमहलमा पेश गरिएको छ। यसअघि नै उनीविरुद्ध मुद्दा दायर भइसकेपछि नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ पदबाट निलम्बनमा रहेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?