काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथि दफावार छलफल गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने विषयमा सहमति जुटाएको छ। यस सहमतिसँगै बोर्ड संरचनालाई व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ।
समितिका सचिव लक्ष्मण अर्यालका अनुसार हाल कायम रहेको व्यवस्था अनुसार दुई जना डेपुटी गभर्नर र अर्थ सचिव सञ्चालक समितिमा रहने प्रावधान यथावत राखिनेछ। साथै, तीन जना स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने नयाँ व्यवस्था पनि विधेयकमा समेटिनेछ।
समितिले सञ्चालक समितिलाई थप समावेशी, सन्तुलित र व्यावसायिक बनाउने उद्देश्यका साथ यी प्रावधानमा सहमति जनाएको जनाएको छ।






































