National life
cg eloctronics

विश्व लगानीकर्ता सप्ताहमा एनआईसी एशिया क्यापिटलको वित्तीय साक्षरता अभियान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२३ असोज २०८३, शुक्रबार
1.1kShares
विश्व लगानीकर्ता सप्ताहमा एनआईसी एशिया क्यापिटलको वित्तीय साक्षरता अभियान
muktinatha bikash bank

काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ ।

एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा–३०, तालचोक, कास्कीमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम मिति २०८३ साल आश्विन २३ गते शुक्रबारको दिन सम्पन्न गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले Word Investor Week, 2026 को Primary Themes “Investor Resilience, Digital Deception and Scam Alert” र Complementary Themes “Basis of Investing and Young Investor & Next Generation” मा आधारित भएर “Invest in Your Future, Protect it Today” नारा सहित विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो रकम कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो ।

साथै उहाँले धितोपत्रको प्राथमिक तथा दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, SIP आदिमा लगानी गर्ने प्रकृयाका सहित दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रमको अन्त्यमा सहभागि विद्यार्थीहरु तथा प्रध्यापकज्यूहरुको सहभागितामा मुद्रा बजार उपकरण तथा पूँजी बजारको पछिल्लो अवस्था र लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरकृया गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढी युवा विद्यार्थी, प्रध्यापकज्यूहरु लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?