काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ।
खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पहल गरिएको कम्पनीले जनाएको छ।
एनपीएलमा सहभागी ८ टोलीमध्ये एक्स्ट्रिमले ७ टोलीसँग प्रायोजन साझेदारी गरेको छ। एक्स्ट्रिम प्रायोजित टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ। एक्स्ट्रिमको प्रायोजनमा रहेका २ टोलीबीच प्रतिस्पर्धा हुँदा भने दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने १–१ खेलाडीलाई उक्त सम्मान प्रदान गरिने कम्पनीले जनाएको छ।
चाँदीको बल पुरस्कार एनपीएलको पहिलो खेलबाटै सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल यो सम्मान प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।
कम्पनीका अनुसार यस पहलले खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै एनपीएलको रोमाञ्चकता र नेपाली क्रिकेटप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































