National life
cg eloctronics

पोखरा र भैरहवा विमानस्थललाई गाईगोठ बन्न नदिन भारतकेन्द्रित उडान चलाऔँ : सौरभ राज पन्त

सौरभ राज पन्तको टिप्पणी : “पोखरा र भैरहवा विमानस्थललाई तत्काल भारतकेन्द्रित क्षेत्रीय उडान सञ्चालन गरेर गाईगोठमा परिणत हुनबाट जोगाऔँ।"

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
919Shares
पोखरा र भैरहवा विमानस्थललाई गाईगोठ बन्न नदिन भारतकेन्द्रित उडान चलाऔँ : सौरभ राज पन्त
muktinatha bikash bank

काठमाडौं । ‘एआईको युगमा नेपाल अभियान’का संयोजक तथा भू–राजनीतिक विश्लेषक सौरभ राज पन्तले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएको हवाई मार्गसम्बन्धी सहमतिले नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको महत्त्वपूर्ण प्रश्नलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।

नेपाल–भारतबीच काठमाडौं–भैरहवा–लखनऊ (B345) हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमति भए पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वका अन्य गन्तव्यसँग जोड्ने थप अन्तर्राष्ट्रिय हवाई प्रवेश तथा प्रस्थान मार्गका विषयमा ठोस सहमति हुन नसकेको उनको टिप्पणी छ।

पन्तले भने, “भारतको पछिल्लो सहमतिलाई हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा कायम राख्ने र पोखरा तथा भैरहवालाई मुख्यतः भारतकेन्द्रित क्षेत्रीय उडानमा सीमित राख्ने मनसाय भारतको देखिन्छ। भारतको कूटनीतिक भाषालाई नेपालले गहिराइपूर्वक बुझ्न आवश्यक छ। कूटनीतिमा के भनियो भन्ने मात्र होइन, के विषयमा सहमति गरिएन र कुन विषयलाई भविष्यको प्राविधिक छलफलमा सीमित राखियो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।”

3 ad - 1
3 ad - 2
3 ad - 3

उनका अनुसार भारतले सन् २०१८ मा महेन्द्रनगर हवाई प्रवेश मार्गबाट १५ हजारदेखि २४ हजार फिटसम्मको उचाइमा उडान सञ्चालन गर्न दिने विषयमा सहमति जनाएको थियो। तर यस्तो उचाइसम्बन्धी व्यवस्था ठूला अन्तर्राष्ट्रिय जेट विमानको सञ्चालनका लागि पर्याप्त नहुन सक्छ। त्यसैले नेपालले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक उच्च उचाइको हवाई प्रवेश तथा प्रस्थान मार्ग सुनिश्चित गर्न निरन्तर कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

everest bank

पन्तले हाल बुद्ध एयरले काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाताजस्ता क्षेत्रीय अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै पोखरा र भैरहवाबाट पनि तत्काल भारतीय सहरहरूसँग नियमित हवाई सम्पर्क विस्तार गर्नुपर्ने बताए।

उनले भने, “पोखरा र भैरहवा विमानस्थललाई गाईगोठमा परिणत हुनबाट जोगाउन तत्काल उपलब्ध सम्भावनाको उपयोग गर्नुपर्छ। सुरुमा भारतकेन्द्रित क्षेत्रीय उडान सञ्चालन गरेर यात्रु आवागमन र व्यावसायिक सम्भावना बढाउँदै क्रमशः अन्य अन्तर्राष्ट्रिय गन्तव्यतर्फ विस्तार गर्नुपर्छ। विमानस्थल सञ्चालनमा नआउँदा लगानीको प्रतिफल प्राप्त हुँदैन र ऋणको भारसमेत बढ्दै जान्छ।”

उनका अनुसार नेपालले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरिसकेको अवस्थामा तिनको प्रभावकारी सञ्चालन राष्ट्रिय आर्थिक हितसँग प्रत्यक्ष जोडिएको विषय हो। विमानस्थल निर्माणपछि त्यसलाई नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटक आगमन र व्यावसायिक गतिविधिसँग जोड्न नसक्नु आर्थिक रूपमा चुनौतीपूर्ण हुन सक्छ।

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?