National life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.6kShares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
ncell

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार कोषमा रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।

आज साँझसम्म कोषमा रहेका विभिन्न नौ बैंकका खातामा रु १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ मौज्दात पुगेको छ । त्यस्तै, दुई बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयका अनुसार सबै खातामा गरी कोषको कुल मौज्दात रु १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ पुगेको छ ।

कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु १ अर्ब निकासा भइसकेको छ ।

सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ । निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि रु २ हजारका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?