National life

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको अभिव्यक्तिमा सांसद मल्लको आपत्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
1.2kShares
स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको अभिव्यक्तिमा सांसद मल्लको आपत्ति
ncell

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएका छन्।

सांसद मल्लले सरकारले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका बेला स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन्। उनले विशेषगरी सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको उल्लेख गर्दै तत्काल पुनः सञ्चालनको माग गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभावका कारण बिरामीहरूले आधारभूत उपचारसमेत पाउन कठिनाइ भोगिरहेका छन्। यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएको उनको गुनासो छ।

सांसद मल्लले कर्णाली क्षेत्रमा स्वास्थ्य सेवा सुधारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याप्रति गम्भीर बन्नुपर्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?