National life

रास्वपा महाधिवेशनको दोस्रो दिनः विधान, राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०८ असार २०८३, सोमबार
19.9kShares
रास्वपा महाधिवेशनको दोस्रो दिनः विधान, राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुँदै
ncell

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय गरिएको छ।

भरतपुरमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रमअनुसार अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र प्रतिनिधिहरूले त्यसमाथि छलफल गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महाधिवेशनमा पार्टी महामन्त्री कविन्द्र बर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।त्यस्तै, पार्टी विधानमाथिको छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ। पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गरेपछि पारित गरिने जनाइएको छ।

दोस्रो दिनकै अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ। साथै आयोजक समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

बन्दसत्र सम्पन्न भएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्ता तथा मतदान तालिकाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा सञ्चालन भइरहेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
19.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?