काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ को मिति परिवर्तन गरेको छ। प्रतिकूल मौसमका कारण अक्टोबर ३१ (शनिबार) का लागि तय भएको प्रतियोगिता स्थगित गरी नोभेम्बर १४ (शनिबार) का लागि सारिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रतियोगिता काठमाडौँस्थित गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुनेछ। यसअघि प्रतियोगिता अक्टोबर ३१ मा सञ्चालन गर्ने तयारी गरिएको थियो।
हालै देशमा देखिएको प्रतिकूल मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ। मिति परिवर्तनबाट सम्बन्धित सहभागी तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।
साथै, प्रतियोगिताप्रति सहभागीहरूले देखाएको उत्साह, चासो र सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ मितिमा पनि सक्रिय सहभागिताका लागि कम्पनीले आग्रह गरेको छ।


































