National life

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
313Shares
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित
ncell

काठमाडौ - हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ।

समितिको बिहीबार बसेको बैठकले कार्यविधि पारित गरेको समितिकी सदस्य अनुष्का श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार समितिले सरकारी निकायले गरिसकेको कामलाई आधार बनाउँदै उपलब्ध स्रोतको अधिकतम उपयोग र समन्वयमा जोड दिनेछ। आवश्यकताअनुसार स्वतन्त्र अध्ययन तथा छलफलसमेत गरिनेछ।

समितिले हिमाली समुदायदेखि जलवायु जोखिममा रहेका नदी किनारका बस्तीले भोगेका प्रभावलाई अध्ययनमा समेट्ने जनाएको छ।

Royal Enfield
nic asia capital

प्रतिनिधिसभाले असोज ५ गते गठन गरेको १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली बिहीबार निर्विरोध निर्वाचित भएका थिए। सभामुख डोलप्रसाद अर्यालले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण र भविष्यका जोखिम न्यूनीकरणका लागि आवश्यक कानुनी तथा संस्थागत सुधारसहित जलवायु न्यायका क्षेत्रमा राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
313SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?