काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी सामूहिक लगानी कोष ‘सानिमा इक्विटी फन्ड–२’ सूचीकृत भएको छ, जसको दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुने भएको छ।
नेप्से र सानिमा क्यापिटलबीचको सम्झौताअनुसार प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाइ सूचीकरण गरिएको हो। सानिमा क्यापिटलले सर्वसाधारणका लागि निष्कासन गरेको उक्त फन्डको इकाइ अब दोस्रो बजारमा कारोबारयोग्य बनेको जनाएको छ।
नेप्सेका अनुसार सूचीकरणपछि ‘सानिमा इक्विटी फन्ड–२’ को आरटीएस सेवा सानिमा क्यापिटलमार्फत उपलब्ध हुनेछ।


































