National life

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, मन्त्री तिमिल्सिनाले दिए यस्तो निर्देशन

सुधारको कार्ययोजना बनाउने प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
298Shares
विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, मन्त्री तिमिल्सिनाले दिए यस्तो निर्देशन
ncell

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए। बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने उनको भनाइ छ।

विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु विज्ञापन क्षेत्रको प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।

लोककल्याणकारी विज्ञापनमा पारदर्शितामा जोड

मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको बताए।

लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी तथा प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए। विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने उनको भनाइ छ।

श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन्। उनीसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो समयको अनुभव रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
298SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?