National life
cg eloctronics

नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन परराष्ट्र सचिवहरूलाई निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.7kShares
नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन परराष्ट्र सचिवहरूलाई निर्देशन
muktinatha bikash bank

काठमाडौँ । नेपाल र भारतबीच लामो समयदेखि बाँकी रहेका सीमा विवाद तथा अन्य सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।

भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमा व्यवस्थापन र विवाद समाधानका विषयमा यस्तो सहमति भएको उल्लेख छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए। उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका शाहको प्रधानमन्त्री पद सम्हालेपछिको यो पहिलो भारत भ्रमण हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा सीमा व्यवस्थापन तथा बाँकी रहेका विवाद समाधानका विषयमा छलफल भएको थियो।

संयुक्त विज्ञप्तिअनुसार दुवै प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्। साथै, लामो समयदेखि थाती रहेका अन्य सीमासम्बन्धी विषयमा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?