National life
cg eloctronics

मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

युवा नेपाली कलाकारका सिर्जना तीन महिनासम्म अवलोकन गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
667Shares
मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना
muktinatha bikash bank

काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नति कल्चरल भिलेजले नेपाली कला, संस्कृति र सिर्जनशीलताको विविधता उजागर गर्ने उद्देश्यले सामूहिक कला प्रदर्शनी ‘सेयर्ड एक्सप्रेसन्स– ह्वेर इन्डिभिजुअल स्टोरिज मिट कलेक्टिभ क्रिएटिभिटी’ आयोजना गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जस्थित मेघौली सराई, अ ताज सफारी होटलमा आयोजित प्रदर्शनीमा छ जना युवा तथा उदाउँदा नेपाली कलाकार आर्या उदास, दोर्जे छिरिङ शेर्पा, इभा केसी, मनस्वी दाहाल, अग्रिमा राज्यलक्ष्मी राणा र प्रतिवा खड्काका कलाकृति राखिएका छन् ।

चित्रकला, प्रिन्ट तथा परम्परागत हस्तकलाबाट प्रेरित सिर्जनामार्फत कलाकारहरूले सांस्कृतिक पहिचान, व्यक्तिगत स्मृति, प्रकृति, आध्यात्मिकता, मानवीय सम्बन्ध तथा समसामयिक सामाजिक विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कलाकारका व्यक्तिगत अनुभव, भावना र विचारमा आधारित कलाकृतिले नेपाली सांस्कृतिक सम्पदा र आधुनिक कलात्मक अभिव्यक्तिबीचको सम्बन्धलाई समेत उजागर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रदर्शनीको अवलोकनका क्रममा वडा सदस्य शेरबहादुर कुमाल, चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरा, नवनियुक्त सुरक्षा इन्चार्ज चुडामणि पौडेल, चितवन राष्ट्रिय निकुञ्जकी पार्वती बुढाथोकी तथा पहाडी जितपुर टोल सुधार समितिका अध्यक्ष आसाराम दराईलगायत स्थानीय प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रदर्शनीमा राखिएको यार्सागुम्बाको बीचमा दोर्जेलाई चित्रण गरिएको कलाकृतिले चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरालाई आफ्नो बाल्यकालको सम्झना गराएको थियो । उहाँले कलाकृति अवलोकनपछि आफ्ना बाल्यकालका अनुभव स्मरण गर्नुभएको थियो । यसले कला व्यक्तिगत स्मृति, अनुभव र भावनासँग जोडिने सशक्त माध्यमसमेत भएको देखाएको छ ।

everest bank

उन्नति कल्चरल भिलेजले युवा तथा उदाउँदा कलाकारलाई आफ्ना सिर्जना सार्वजनिक गर्ने र दर्शकसम्म पुर्‍याउने अवसर प्रदान गर्नुका साथै नेपाली कला तथा सांस्कृतिक पहिचानको विविधता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको जनाएको छ ।

प्रदर्शनी २६ नोभेम्बर २०२६ देखि २५ फेब्रुअरी २०२७ सम्म मेघौली सराई, अ ताज सफारी होटल, चितवन राष्ट्रिय निकुञ्जमा अवलोकनका लागि खुला रहनेछ ।

नेपालको कला, संस्कृति, परम्परागत हस्तकला तथा सिर्जनात्मक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय तथा उदाउँदा प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यसहित उन्नति कल्चरल भिलेजले यस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?