National life

मह जोडीसँगै अब अस्मी पनि शिखर इन्स्योरेन्सको ब्रान्ड फेस

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.1kShares
मह जोडीसँगै अब अस्मी पनि शिखर इन्स्योरेन्सको ब्रान्ड फेस
ncell

काठमाडौं । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ शिखर इन्स्योरेन्स कम्पनीसँग ब्रान्ड एम्बासडरका रूपमा आबद्ध भएकी छन्। केही दिनअघि सम्पन्न कार्यक्रममा उनले कम्पनीसँग औपचारिक सम्झौता गरेकी हुन्।

सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए। कम्पनीले श्रेष्ठको आत्मविश्वास, लक्ष्यप्रति समर्पण र सकारात्मक प्रभावलाई ध्यानमा राख्दै उनलाई ब्रान्ड प्रवर्द्धनका लागि चयन गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि नै कम्पनीसँग कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि ब्रान्ड एम्बासडरका रूपमा जोडिएका छन्। अस्मीको आगमनसँगै ब्रान्ड एम्बासडरको संख्या तीन पुगेको छ।

कम्पनीले यस सहकार्यलाई आफ्नो ब्रान्ड विस्तारको नयाँ चरणका रूपमा लिँदै युवा सशक्तीकरण, बीमासम्बन्धी जनचेतना वृद्धि र सुरक्षित भविष्य निर्माणको सन्देश अझ प्रभावकारी बनाउने लक्ष्य राखेको बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?