National life

शिखर इन्स्योरेन्सद्वारा विपद राहत कोषमा एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
1KShares
शिखर इन्स्योरेन्सद्वारा विपद राहत कोषमा एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण
ncell

काठमाडौं । देशकै अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले भोटेकोशीमा आएको बिनाशकारी बाढी प्रभावित जनताको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने हेतुले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई एक करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक आज एक कार्यक्रमका बीच प्रधानमन्त्री विपद राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका छन् ।

कम्पनीका डेपुटी जनरल म्यानेजर सुरज राजबाहकले पीडितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका सरकार र जनताको साथ रहेको सन्देशसहित विपदकै समयमा पनि सहयोग गरिएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै कम्पनीले प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण तथा पुनस्र्थापनासहित खुशीको दिन देख्ने विश्वास लिएको जनाएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी भोटेकोशी बाढीबाट आफै पनि प्रभावित छ । कम्पनीमा परेको बीमा दावीको वावजुद पनि दिल खोलेर प्रभावित क्षेत्रका जनतालाई प्रधानमन्त्री विपद राहत कोषमार्फत सहयोग गर्न सफल भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?