National life
cg eloctronics

सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
884Shares
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता
muktinatha bikash bank

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको छ ।

सम्झौताका सम्बन्धमा सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भन्नुभयो, “यस सम्झौताले सिद्धार्थ बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको छ । यस रणनीतिक सहकार्यमार्फत भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा थप योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3

यसै सम्बन्धमा भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजरसब्बिर अहमदले भन्नुभयो, “नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको यो सहकार्यले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।”

यस सम्झौता अन्तर्गत सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै थप आकर्षक सुविधा र विशेष अफरहरु ल्याउने योजना बनाएको छ । यस सहकार्यले नेपालको विकासोन्मुख कार्ड तथा डिजिटल भुक्तानी क्षेत्रमा बैंकको उपस्थितिलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?