National life
cg eloctronics

सुनको मूल्यमा ऐतिहासिक गिरावट, एक वर्षअघिको मूल्यमा झर्‍यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
७ दिन अगाडि|०४ मंसिर २०८३, शुक्रबार
2.7kShares
सुनको मूल्यमा ऐतिहासिक गिरावट, एक वर्षअघिको मूल्यमा झर्‍यो
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ । पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको सुन आज एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आजको गिरावटसँगै सुनको मूल्य एक वर्षअघिको स्तरमा झरेको छ । गत वर्ष आजकै दिन सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

everest bank

गत वर्ष आजकै दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?