काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ कायम भएको छ ।






































