काठमाडौं । मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६० लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो । साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरियो ।
यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिईएको छ ।


































