National life

तमिलनाडु सरकारको घोषणा : कम आय भएका परिवारलाई तीन सिलिन्डर निःशुल्क

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
1.8kShares
तमिलनाडु सरकारको घोषणा : कम आय भएका परिवारलाई तीन सिलिन्डर निःशुल्क
ncell

काठमाडौँ । भारतको तमिलनाडु सरकारले न्यून आय भएका परिवारलाई लक्षित गर्दै वर्षमा तीनवटा एलपीजी सिलिन्डर निःशुल्क उपलब्ध गराउने योजना घोषणा गरेको छ।

मुख्यमन्त्री जोसेफ विजयले सोमबार विधानसभा बैठकमार्फत ‘अन्नपूर्णी सुपर सिक्स’ नामको योजना सार्वजनिक गरेका हुन्। योजना सन् २०२७ देखि कार्यान्वयनमा ल्याउने तयारी छ।

वार्षिक २.५ लाख भारुभन्दा कम आम्दानी भएका परिवारलाई योजनामा समेटिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
करिब १ करोड ३० लाख परिवारले यसको लाभ पाउने सरकारको अनुमान छ। योग्य परिवारले खरिद गरेका तीनवटा एलपीजी सिलिन्डरको रकम प्रत्यक्ष रूपमा उनीहरूको बैंक खातामा पठाइनेछ।

योजना कार्यान्वयनका लागि राज्य सरकारलाई वार्षिक करिब ४ हजार करोड भारु खर्च हुने अनुमान गरिएको छ। मुख्यमन्त्री विजयले खाना पकाउने ग्यासको मूल्य वृद्धि र आपूर्तिमा देखिएको दबाबका कारण सर्वसाधारणको खर्च बढेकाले राहत दिने उद्देश्यले योजना ल्याइएको बताएका छन्।

यसैबीच, मुख्यमन्त्री विजयले महिलाका लागि निःशुल्क बस यात्राको सुविधा पनि विस्तार गर्ने घोषणा गरेका छन्। अब सरकारी बससँगै एक्सप्रेस र डिलक्स बसमा समेत महिलाले निःशुल्क यात्रा गर्न पाउने बताइएको छ।

यस सुविधाका लागि महिलाको आम्दानी वा यात्राको संख्यामा कुनै सीमा नतोकिने सरकारको भनाइ छ। निर्वाचनअघि विजय नेतृत्वको तमिलागा वेत्री कझगमले भने महिलालाई वर्षमा ६ वटा एलपीजी सिलिन्डर निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?