काठमाडौं । युक्रेनले पोर्न व्यवसायलाई कानुनी मान्यता दिएर कर उठाउने तयारी गरेको छ! आखिर युद्धको बीचमा यस्तो निर्णय किन?
रुससँगको युद्ध जारी रहेकै बेला युक्रेनले देशमा भइरहेको एडल्ट कन्टेन्ट व्यवसायलाई कानुनी दायरामा ल्याउने तयारी गरेको छ।
यो व्यवस्था लागू भए सरकारलाई वार्षिक करिब साढे २ करोड अमेरिकी डलर अतिरिक्त आम्दानी हुने अनुमान छ। एक सांसदका अनुसार यही रकमबाट करिब ३० हजार ड्रोन खरिद गर्न सकिन्छ।
युक्रेनको संसद्ले सहमतिमा वयस्कहरूले बनाउने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने प्रावधानसहितको विधेयक पहिलो वाचनमा पारित गरिसकेको छ।
तर बालबालिकासँग सम्बन्धित यौन सामग्रीमा भने कडा कानुनी कारबाही कायमै रहनेछ।
युद्धका लागि ठूलो रकम आवश्यक परिरहेका बेला युक्रेनले विवादास्पद व्यवसायलाई करको दायरामा ल्याएर आम्दानी बढाउने बाटो रोज्न लागेको छ।

































