National life

आइएमई लाइफद्वारा अभिकर्तासँग विभिन्न रोगहरुका बारेमा वेभिनार सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
523Shares
आइएमई लाइफद्वारा अभिकर्तासँग विभिन्न रोगहरुका बारेमा वेभिनार सम्पन्न
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आरुष लाइफ स्टाइल अस्पतालसँग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ । कम्पनीले आफ्नो छैटौ बाषिकोत्सवको अवसरमा साे वेभिनारको आयोजना गरेको हाे ।

कम्पनीले जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउनका लागि उक्त वेभिनारको आयोजना गरेको हो ।

उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली , तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा प्रकाश पारेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसंग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरु बारे पनि बृहतरुपमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताए । त्यसैगरी आउँदा दिनहरुमा विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी अन्य कार्यक्रमहरु समेत सफलतापूर्वक आयोजना गरी छैटौ बाषिकोत्सव सम्पन्न गर्ने कम्पनीको उद्देश्य रहेको समेत उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?