National life

आइएमई लाइफ इन्स्योरेन्सले गर्याे दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
618Shares
आइएमई लाइफ इन्स्योरेन्सले गर्याे दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी
ncell

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट पर्न आएको दाबीबापत १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले यसअघि साउन महिनामा कुल १ करोड ४९ लाख ७ हजार १६९ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो।

चालु आर्थिक वर्षको दुई महिनामै कम्पनीले ३ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन महिनामा गरेको दाबी रकममा २२ वटा बीमालेखहरु रहेको थियो भने भदौ महिनाको दाबी रकममा २६ वटा बीमालेलखहरु रहेको कम्पनीले जनाएको छ।

दाबी परेको छोटो समयमा आफ्ना बीमितलाई झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। पछिल्लो समय कम्पनीले आफ्नो जीवन बीमा व्यवसायमा समेत उल्लेख्य प्रगति गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामै ५२ करोड ५९ लाख रुपैयाँ प्रिमियम भित्र्याएको थियो। जसमा प्रथम बीमा शुल्कबापत कम्पनीले १४ करोड ७ लाख र नवीकरण बीमाशुल्कबापत ३८ करोड ५२ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?