National life

आईएमई लाइफले नेपाली क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा प्रदान गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
523Shares
आईएमई लाइफले नेपाली क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा प्रदान गर्ने
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट खेलाडीलाई २५ लाख बराबरकोे सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको खुसीमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई जीवन बीमा प्रदान गर्न लागेको हो ।

कम्पनीले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई सम्मान तथा मनोबल बढाउने उद्देश्यले बीमा प्रदान गर्न लागेको जनाएको छ ।

युएई बिरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आज ओमानसँग खेल्दै छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले नेपाली क्रिकेट टोलीलाई आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?