National life

इसेवामार्फत जीवन बीमा कम्पनीको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
676Shares
इसेवामार्फत जीवन बीमा कम्पनीको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने
ncell

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले सो किसिमको अफर सार्वजनिक गरेको हो ।

यस अफरमा बैंक लिंक खातामार्फत भुक्तानी गर्दा हरेक दिन १ जनाले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै योजनाको अन्त्यमा भाग्यशाली १ जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनै पनि जीवन बीमा कम्पनीको इसेवामार्फत नवीकरण गर्न सकिनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?